यूईएफए च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा स्पेनिस क्लब रियल म्याड्रिड र इंग्लिस क्लब चेल्सीले बराबरी गोल गरेका छन्।
मगंलबार राति रियलको मैदानमा भएको खेलमा दुवैले १–१ गोल गरेका हुन्।
खेलको १४औं मिनेटमा क्रिस्टियन पुसिसिसको गोलबाट चेल्सीले १–० को अग्रता लिएको थियो। २९औं मिनेटमा बेन्जेमाले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए।
बराबरीसँगै दुवै टोलीको फाइनल पुग्ने सम्भावना जीवितै रहँदा चेल्सीले भने अवे गोलको फाइदा लिन सक्नेछ।
दोस्रो लेगमा यही यही नतिजा कायम राख्न सके चेल्सी उपाधिनजिक पुग्नेछ। चेल्सीलाई १–० ले हराएमा भने रियलले फाइनलमा स्थान बनाउनेछ। दोस्रो लेग चेल्सीको मैदानमा ६ मेमा हुनेछ।
लिगको दोस्रो सेमिफाइनलमा बुधबार राति घरेलु टोली पेरिस सेन्ट जर्मन (पीएसजी) ले म्यानचेस्टर सिटीसँग खेल्नेछ।

प्रतिक्रिया