राजनीति


निषेधाज्ञा लगाउने सीसीएमसीको सिफारिस मन्त्रिपरिषदद्वारा अनुमोदन

निषेधाज्ञा लगाउने सीसीएमसीको सिफारिस मन्त्रिपरिषदद्वारा अनुमोदन

नेपालखबर
बैशाख १३, २०७८ सोमबार १४:४०,

मन्त्रिपरिषदको बैठकले कोरोना रोकथामका लागि कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले गरेका निर्णयलाई अनुमोदन गरेको छ।

सीसीएमसीले सक्रिय संक्रमित रहेका जिल्लामा निषेधाज्ञा जारी गर्न सिफारिस गरेको थियो।

सहरी क्षेत्रमा ५ सय संक्रमित र पहाडी जिल्लामा २ सय संक्रमित नाघेपछि निषेधाज्ञा लगाउन सकिने सीसीएमसीको निर्णय थियो।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले यसलाई अनुमोदन गरेको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेश ठगुन्नाले नेपालखबरलाई जानकारी दिए।

जसअनुसार बिहीबारदेखि लागू हुनेगरी उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा जारी भइसकेको छ।

मन्त्रिपरिषद बैठकले सीसीएमसीको सिफारिस अनुसार सबै विद्यालय बन्द गर्ने निर्णयसमेत गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad