कोरोना संक्रमण फैलिन नदिन भनेर नागरिकलाई निर्देशन दिइरहेको सरकारका प्रमुख प्रधानमन्त्री केपी शर्मा ओली आफैं भने भीडभाड गर्ने काममा तल्लीन रहेको आरोप एमाले नेता भीम रावलले लगाएका छन्।
प्रधानमन्त्री ओली र उनीनिकटहरूले सरकारको आदेश उल्लंघन गर्दै निरन्तर भेला, बैठक समारोह गरिरहेको टिप्पणी पूर्वगृहमन्त्रीसमेत रहेका नेता रावलको छ।
सोमबार अपराह्न सामाजिक सञ्जालमार्फत रावलले प्रश्न गरेका छन्, ‘कोरोनाबाट जोगिन अरूलाई भेला, बैठक, समारोह नगर्न भन्ने तर प्रम ओली र उहाँका निकटस्थहरू भेला, बैठक, समारोह गरिरहने, यो के हो?’
यस क्रममा नेता रावलले प्रधानमन्त्रीको समूहलाई चाहिँ कानुन नलाग्ने हो भनेर आक्रोश पनि व्यक्त गरेका छन्।
‘प्रम ओली गुटलाई सरकारी निर्णय लाग्दैन र? कि उहाँको गुट सरकारी निर्णय र कानुनभन्दा माथि हुने कतै गोप्य अध्यादेश जारी भइसक्यो?! कानुनका सामु सबै बराबर होइन र,’ रावलले थप प्रश्न गरेका छन्।
यी पनि :
प्रधानमन्त्रीलाई कमल थापाको आग्रह: उद्घाटन/शिलान्यास रोक्नुस्, कोरोना नियन्त्रणमा ध्यान दिनुस्
कोरोनाका कारण अस्पताल बन्द हुँदै गर्दा दिनहुँ भीड जम्मा गर्दै हिँडिरहेछन् प्रधानमन्त्री

प्रतिक्रिया