राजनीति


प्रदेश सरकार जनभावना विपरित गएपछि अविश्वास प्रस्ताव : कांग्रेस

प्रदेश सरकार जनभावना विपरित गएपछि अविश्वास प्रस्ताव : कांग्रेस

नेपालखबर
बैशाख १३, २०७८ सोमबार ९:३०,

नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले संविधान उल्लघंन गर्ने संघीय सरकारको मतियार गण्डकी प्रदेश सरकार बनेको बताएका छन्।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्ताव सभामा पेश गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्ने प्रयास गरेर संविधान मिचेको बताए।

त्यसको प्रतिक्रिया प्रदेश सरकारमा पनि देखिएको उनको भनाई छ।

संविधान उल्लघंन गर्ने संघीय सरकारको मतियार गण्डकी प्रदेश सरकार बनेर जनभावना विपरित गएका कारण अविश्वासको प्रस्ताव ल्याइएको उनले बताए।

सरकारलाई समर्थन गरेको दलले समर्थन फिर्तागर्दा पनि मुख्यमन्त्री सत्तामा टाँसिन खोजेको उनले आरोप छ।

अविश्वासको प्रस्ताव आएपछि संसद अधिवेशन अन्त्य गरेर मुख्यमन्त्रीले अराजनीतिक काम गरेको उनको आरोप छ।

पोखरेल प्रस्तावित मुख्यमन्त्रीसमेत हुन्।

 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad