उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका सेवा सोमबारदेखि एक साताका लागि बन्द गर्ने भएका छन्।
जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बसेको तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले यस्तो निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिए।
‘हाम्रा नियमित कामहरु नागरिकता, राहधानी, संस्था दर्ताजस्ता बढी सेवाग्राही आउने र भीडभाड हुने सेवा बन्द गर्ने निर्णय भएको छ,’ प्रमुख जिल्ला अधिकारी पराजुलीले नेपालखबरसँग भने, ‘मुद्दामामिला र शान्ति सुरक्षाको काम मात्रै हुन्छ।’
यस्तै प्रमुख जिल्ला अधिकारीको बैठकले अन्य कार्यालयलाई समेत आलोपालो वा स्थानीय तहअनुसार वैकल्पिक व्यवस्था गरेर भीडभाड नहुने व्यवस्था गरेर सञ्चालन गर्न निर्देशन दिने निर्णय गरेको छ।
सूचना:
3
Shares
प्रतिक्रिया