गण्डकी प्रदेश सभाको विशेष अधिवेशन भोलिदेखि सुरु हुँदैछ।
आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याएपछि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले वैशाख १ गते संसद अधिवेशन अन्त्यको सिफारिस गरेका थिए।
चालु संसद अन्त्य भएपछि कांग्रेस, माओवादी र जसपासहितले विशेष अधिवेशन माग गर्दै प्रदेश प्रमुखसमक्ष समावेदन गरेका थिए।
सोमबार २ बजेदेखि सुरु हुने प्रदेशसभाको विशेष अधिवेशनको सुरुमै मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव टेलुल हुने भएको छ।
आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले सोमबारको विशेष अधिवेशनमा अविश्वास प्रस्ताव टेबुल गर्ने निर्णय गरेको गण्डकी प्रदेश सभा सदस्य दीपक कोइरालाले बताए।
अविश्वासको प्रस्ताव टेवुल भएपछि सबै दलका नेताहरुले बोल्ने र दोस्रो दिन मुख्यमन्त्रीले जवाफ दिने उनले बताए। सम्भव भए मंगलबार नै अविश्वास प्रस्तावमा भोटिङ हुने उनले बताए।
मुख्यमन्त्री गुरुङको विरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी, जनता समाजवादी पार्टी (जसपा) सहितका दलले अविश्वासको प्रस्ताव दर्ता गरेका छन्।
राष्ट्रिय जनमोर्चाले हस्ताक्षर नगरेपनि प्रस्तावको समर्थन गरेको छ। नयाँ मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्णचन्द्र पोखरेललाई प्रस्ताव गरिएको छ।
६० सदस्यीय गण्डकी प्रदेश सभामा प्रस्तावको पक्षमा बहुमत पुर्याउन ३१ मत ल्याउनु पर्छ।
Shares

प्रतिक्रिया