ad ad

राजनीति


सैन्य कूपछि म्यान्मारका सेना प्रमुख पहिलोपटक विदेश भ्रमणमा निस्कँदै

सैन्य कूपछि म्यान्मारका सेना प्रमुख पहिलोपटक विदेश भ्रमणमा निस्कँदै

नेपालखबर
बैशाख ११, २०७८ शनिबार ५:४५,

आसियन राष्ट्रहरुको क्षेत्रीय सम्मेलनमा भाग लिनका लागि उनी शनिबार इन्डोनेसियाको जाकार्तामा हुने सम्मेलनमा उपस्थित हुने बीबीसीले जनाएको छ।

गत फेब्रुअरी १ देखि म्यान्मारमा सैन्य शासन लागू भएको छ। एक वर्षसम्म संकटकाल घोषणा गरेको म्यान्मारका सेनाका अनुसार निष्पक्ष चुनाव गराएर मात्र सत्ता हस्तान्तरण हुनेछ।

लोकतान्त्रिक नेतृ आङ साङ सुचीको पार्टीले धाँधली गरेर चुनावमा बहुमत प्राप्त गरेको भन्दै सेनाले सत्ता हत्याएका थिए।

Banners decrying the general as a dictator

हाल सुची, राष्ट्रपति विन मिन्टसहित देशका शीर्ष नेताहरलाई सेनाले हिरासतमा लिएका छन्। सैन्य शासनको विरोधमा महिनौंयता जारी प्रदर्शका क्रममा ७ सयभन्दा बढीको मृत्यु भइसकेको छ।

जुन्ता शासकको आदेशमा सेना तथा प्रहरीले प्रदर्शनकारीमाथि गोली चलाउने गरेका छन्।

म्यान्मारका सेना प्रमख इन्डोनेसिया जाने भएसँगै जाकार्तामा अधिकारवादीले उनीविरुद्ध प्रदर्शनको आह्वान गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .