राजनीति


प्रदेश २ को राजधानी जनकपुर र वीरगञ्ज, चार नाम प्रस्ताव

प्रदेश २ को राजधानी जनकपुर र वीरगञ्ज, चार नाम प्रस्ताव

शैलेन्द्र महतो
बैशाख ९, २०७८ बिहिबार १६:२२,

प्रदेश नम्बर २ को नाम र राजधानीको लागि प्रदेशसभा सचिवालयमा १३ वटा प्रस्ताव दर्ता भएको छ।

नामको लागि ६ र राजधानीका लागि ७ वटा प्रस्ताव दर्ता भएको प्रदेशसभा सचिवालयका निमित सचिव रञ्जित यादवले जानकारी दिए।

दोश्रो चरणमा प्रदेशको स्थायी राजधानी र नाम टुंगो लगाउन वैशाख ३ गतेदेखि ९ गते बिहीबार दिउँसो ३ बजेसम्मको लागि प्रस्ताव आह्वान गरिएको थियो।

जसमा नामको लागि प्रदेशसभामा आवद्ध दल तथा सांसदहरुबाट मधेश, जानकी, मिथिला भोजपुरा र मध्य मधेश प्रदेश नाम दर्ता भएको छ भने राजधानीका लागि जनकपुरधामको पक्षमा ५ र वीरगञ्जको पक्षमा २ वटा प्रस्ताव दर्ता भएको सचिव यदावले जानकारी दिए।

सत्तारुढ दल जनता सामाजवादी पार्टी (जसपा) को तर्फबाट पार्टीका सचेतक शैलेन्द्र यादव र नेकपा माओवादी केन्द्रको संसदीय दलका नेता भरत प्रसाद साहले प्रदेशको नाम मधेश प्रदेश दर्ता गराएका छन्।

त्यस्तै नेकपा एमाले माधव समूहका तर्फबाट सांसद प्रमोद कुमार यादवले जानकी, ओली समूहका तर्फबाट प्रदेश सांसद शारदा देवी थापाले जनक र नेपाली काँग्रेसका शिवचन्द्र चौधरीले मिथिला भोजपुरा, नेपाली कांग्रेसकै प्रदेशसभा सदस्य राजेश्वर प्रसाद साहले मध्य मधेश प्रदेश नामकरण तोक्न प्रस्ताव दर्ता गराएका छन्।

कांग्रेस सांसद पार्टीको निर्णय भन्दा बाहिर गएर गरेको मध्य मधेश प्रदेश प्रस्तावको समर्थनमा कांग्रेसकै प्रदेश सांसदहरु शंकर प्रसाद चौधरी, ओमप्रकाश शर्मा र आशिया देवी थरुनीले गरेका छन्।

त्यस्तै राजधानीमा दर्ता भएको ७ वटा प्रस्तावमा कांग्रेसकै प्रदेश सांसद साह र जनता समाजवादी पार्टीका प्रदेश सांसद सिंगासन साह कलवारले वीरगञ्जलाई प्रदेशको स्थायी राजधानी तोक्नुपर्ने प्रस्ताव दर्ता गराएका छन्।

सत्तारुढा दल जसपा, प्रतिपक्षी दल एमाले, काँग्रेस र माओवादी लगायत सबै दलले जनकपुरधामलाई स्थायी राजधानी तोक्न प्रस्ताव दर्ता गराएको सचिवालयले जनाएको छ्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .