राजनीति


पार्टी छाड्ने मनसाय नै छैन, कारबाही गरे अदालत जान्छौंः रामकुमारी झाँक्री

पार्टी छाड्ने मनसाय नै छैन, कारबाही गरे अदालत जान्छौंः रामकुमारी झाँक्री

नेपालखबर
बैशाख ७, २०७८ मंगलबार ११:३५,

नेकपा–एमालेकी केन्द्रीय सदस्य तथा सांसद रामकुमारी झाँक्रीले पार्टीले कारबाही गरे अदालत जाने बताएकी छन्।

‘‘अदालत त जान्छौं किनभने प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्रीको कदम पनि हामीले अदालतबाटै बदर गराएका हौं,’ उनले मंगलबार सञ्चारकर्मीसँग भनिन्।

ओलीले संसद विघटन गर्दा त्यसविरुद्ध अदालत गएर सँच्याएको बताउँदै अहिले आफूहरुमाथि कारबाही गरे त्यसविरुद्ध पनि अदालत जाने उनले बताइन्।

अवैधानिक कदमविरुद्ध राजनीतिक, वैधानिक र कानूनी लडाई लड्ने उनले बताइन्।

‘हामी एमालेभित्रै रहेर संघर्ष गर्छौं, उहाँहरु त हामीले छोडेर जाउन् भन्ने चाहनुभएको छ, तर हामी एमालेभित्रै संघर्ष गर्छौं,’ उनले भनिन्।

अर्को दल दर्ता गर्ने वा दल त्याग गर्ने आफूहरुको कुनै योजना वा मनसाय समेत नरहेको समेत उनले बताइन्।

‘हामी लडिरहन्छौं, फेरि लड्छौं, भुइँमा लडे पनि उठेर धुलो टक्टक्याएर फेरि लड्छौं,’ उनको भनाइ थियो।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले उनीसहित वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनालसहित २७ संघीय संसद र कर्णाली प्रदेशका ५ जना सांसदलाई आजै स्पष्टीकरण सोधेको छ।

स्पष्टीकरण सोधिएपछि नेपालपक्षीय सांसदहरु आकस्मिक रुपमा बानेश्वरमा भेला भएका थिए।

सो भेलापछि उनले सो प्रतिक्रिय दिएकी हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .