समाज


विद्रोहीसँगको युद्धका क्रममा गोली लागेर चाडका राष्ट्रपति मारिए

विद्रोहीसँगको युद्धका क्रममा गोली लागेर चाडका राष्ट्रपति मारिए

नेपालखबर
बैशाख ७, २०७८ मंगलबार ११:२८,

एएफपीका अनुसार विद्रोहीसँगको युद्धका क्रममा पहिलो पंक्तिमा रहेर लडिरहेका राष्ट्रपतिको मृत्यु भएको हो।

सोमबार मात्र उनी छैठौं कार्यकालको लागि राष्ट्रपतिमा निर्वाचित भएका थिए। चाडको सेना प्रमुखले ६८ वर्षका  राष्ट्रपति इडरिस डेबी इट्नोको निर्वाचन जितेकाे अर्काे दिन नै मृत्यु भएको जानकारी दिएका हुन्।

राष्ट्रपति इडरिस डेबीको मृत्यु भएसँगै यतिबेला उनको छोरा जनरल महामत काकालाई अन्तरिम सरकार प्रमुख बनाइएको छ।

गत शनिबार मात्र चाड सरकारले विद्रोहीसँगको युद्धको क्रममा ३ सय विद्रोही मारिएकाे बताएको थियो भने १५० विद्रोहीलाई नियन्त्रणमा लिएको जानकारी दिएको थियो।

त्यसदिन पाँच सरकारी सेनाको मृत्यु भएको थियोभने ३६ घाइते भएका थिए।

सन् १९९० को दशकमा उनी पनि विद्रोही समूहको नेता थिए। त्यसयता निर्वाचनमा भाग लिएर सत्तामा आएका उनी लगातार ३ दशक सरकारमा थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad