राजनीति


सरकारलाई दिएको समर्थन औपचारिकरुपमा फिर्ता लिनमात्र बाँकी छ: माओवादी केन्द्र

सरकारलाई दिएको समर्थन औपचारिकरुपमा फिर्ता लिनमात्र बाँकी छ: माओवादी केन्द्र

नेपालखबर
बैशाख ७, २०७८ मंगलबार ११:१५,

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा पार्टी र संसदीय दलको विधान पेस भएको छ।

आज पेरिस डाँडामा बसेको बैठकले पार्टी र संसदीय दलको विधान अध्ययनका लागि स्थायी समिति सदस्यहरुलाई वितरण गरेको छ।

बैठकले नयाँ सत्ता समीकरणबारे नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)सँगको छलफललाई अगाडि बढाउने निर्णय गरेको छ।

माओवादी केन्द्रले आजको सो बैठकबाट सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्ने अनुमान गरिएको भए पनि उक्त निर्णय भने नगरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

सरकारलाई दिएको समर्थन नरहेको कुरा लेखेर दिन मात्र बाँकी रहेको उनले बताए।

‘सरकारलाई दिएको समर्थन औपचारिकरुपमा फिर्ता लिनमात्र बाँकी छ,’ श्रेष्ठले भने, ‘अन्य दलहरुसँगको समझदारीकै आधारमा कदम चाल्छौं। हामी यो सरकारलाई हटाएर अर्को सरकार बनाउन चाहन्छौं।’

बैठकमा पार्टीका प्रदेश इन्चार्जहरुले रिपोर्टिङ गरेका थिए। गण्डकी प्रदेशमा पेस भएको अविश्वास प्रस्ताव र त्यसबारे भएको प्रगतिबारे स्थायी समिति सदस्य देवेन्द्र पौडेलले बैठकमा रिपोर्टिङ गरेका थिए।

यस्तै वर्षमान पुनले लुम्बिनी प्रदेशमा पेस गरिएको अविश्वास प्रस्ताव र विकसित राजनीतिक घटनाक्रमबारे रिपोर्टिङ गरेका थिए।

बैठकमा अमेरिकी सहयोग कार्यक्रम एमसीसीबारे चर्चा चले पनि संसद बैठक नभएको अवस्थामा यसबारे छलफल गर्न जरुरी नभएको स्थायी समिति सदस्यहरुले बताएका थिए।

बैठकको सुरुमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad