राजनीति


गोकुल बाँस्कोटा भन्छन् : यतिबेला मजस्ता संघीयताविरोधी पक्कै खुसी होलान् !

गोकुल बाँस्कोटा भन्छन् : यतिबेला मजस्ता संघीयताविरोधी पक्कै खुसी होलान् !

नेपालखबर
बैशाख ७, २०७८ मंगलबार ९:३६,

एकपछि अर्काे प्रदेशमा धमाधम सरकार परिवर्तनको लहर चलिहेका बेला नेकपा एमालेका नेता एवं पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाले नेपालमा संघीयता आवश्यकै थिएन भन्ने आफूजस्ता मानिस खुसी भएको हुनुपर्ने बताएका छन्।

मंगलबार सामाजिक सञ्जालमार्फत उनले प्रदेश सरकारहरूमा देखिएको अस्थिरताले नेपालमा यो संरचना आवश्यकै थिएन भन्ने पुष्टि भएको दाबी गरेका हुन्।

उनले लेखेका छन्, ‘प्रादेशिक विकास र सेवा केन्द्रका रूपमा काम गर्ने प्रदेश सरकारहरूमा देखिएको अस्थिरताले नेपालमा यो संरचनाको आवश्यकता नै थिएन भन्ने मजस्ता संघीयता विरोधी प्राणी पक्कै खुसी होलान् भन्ने आशाका साथ, स्थिरताविरोधी तर अग्रगामी भनी स्वतः जानिने तत्त्वका खबर बुझ्ने इच्छा हुँदा यो कुरा लेखें।’

gokhu 1

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad