राजनीति


माधव नेपालसहित यी २७ नेतालाई ओलीको प्रश्न– तपाईंलाई सांसद पदबाट किन नहटाउने? (पत्रसहित)

माधव नेपालसहित यी २७ नेतालाई ओलीको प्रश्न– तपाईंलाई सांसद पदबाट किन नहटाउने? (पत्रसहित)

नेपालखबर
बैशाख ७, २०७८ मंगलबार ९:१५,

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री कधेपी शर्मा ओलीले नेकपा एमालेका २७ सांसदहरुलाई स्पष्टीकरण सोधेका छन्।

पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिव योगेश भट्टराई, स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे लगायत २७ सांसदलाई सो स्पष्टीकरण सोधिएको हो।

ओलीले संसदीय दलको विधान २०६६ विपरीत सरकार विरुद्ध क्रियाकलाप गरेको भन्दै स्पष्टीकरण सोधेका छन्।

सोमबार नेपाल पक्षका सांसदलाई तीन पृष्ठको पत्र पठाउँदै ओलीले ४ बुँदे प्रश्न सोधेका छन्।

ओलीले पठाएको स्पटीकरणमा थप गतिविधि जारी राखे जुनसकैबेला थप कारवाही गर्ने भन्दै सचेत गराएका छन्।

‘तपाईंलाई संघीय संसदको सदस्य पदबाट किन नहटाउने? आधार कारण सहित तीन दिनभित्र स्पष्टीकरण पेस गर्नुहुन निर्देशन गर्दछु,’ ओलीद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ, ‘तपाईँलाई सच्चिनको लागि यो अन्तिम मौका दिन यो स्पष्टीकरण पत्र लेखिएको छ।’

पूर्वप्रधानमन्त्रीद्वय नेपाल, खनाल, नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, मुकुन्द नेउपाने, रामकुमार झाँक्री, पवित्रा निरौला, मेटमणि चौधरी, यज्ञराज सुनुवार, जीवनराम श्रेष्ठ, झपट रावल, विरोध खतिवडा, सोमप्रसाद पाण्डे, गणेश पहाडी, भवानी खापुङ, नारायण खतिवडा, जयकुमार राई, दिपकप्रकाश भट्ट, हिराचन्द्र केसी, पुष्पाकुमारी कर्ण कायस्थ, कल्याणी खड्का, लक्ष्मी चौधरी, सरला यादव, कृष्णलाल महर्जन र निरादेवी जैरुलाई सो स्पष्टीकरण पत्र पठाइएको छ।

वरिष्ठ नेता माधव नेपालसहित पार्टीका उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेलाई पार्टीले यसअघि नै स्पष्टीकरण सोधी निलम्बन गरिसकेको छ। उनीहरुलाई यसपटक सोधिएको स्पष्टीकरण भने सांसद पदबाट कारबाही गर्नका लागि गरिएको हो।

अन्य नेताहरुलाई भने पहिलोपटक स्पष्टीकरण सोध्न लागिएको हो।

Spastikaran 1 uml Baisakh77

Spastikaran 2 uml Baisakh77

Spastikaran 3 uml Baisakh77

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .