समाज


कोरोना संक्रमणको जोखिमबीच सेतो मच्छेन्द्रनाथको रथयात्रा सुरु

कोरोना संक्रमणको जोखिमबीच सेतो मच्छेन्द्रनाथको रथयात्रा सुरु

नेपालखबर
बैशाख ७, २०७८ मंगलबार ९:९,

कोभिड-१९ संक्रमणको जोखिमको बाबजुद पनि वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा मंगलबार (आज)बाट सुरु हुँदै छ।

रथयात्राका लागि दिउँसो चार बजे काठमाडौंको केलटोलबाट देवताको रथ दरबारमार्ग स्थित तीनधारा पाठाशाला अघि लगिने तयारी गरिएको छ। रथयात्रा भने आज बेलुकी ६ बजेबाट सुरु हुने छ। रथयात्राको पहिलो दिन सेतो मच्छेन्द्रनाथको रथलाई भोटाहिटी हुँदै असनमा लगि राखिनेछ।

असनमा पुर्‍याइएपछि आजै राष्ट्रपति विद्यादेवी भण्डारीले रथको दर्शन गरी प्रसाद ग्रहण गर्ने कार्यक्रम पनि रहेको छ। मच्छेन्द्रनाथको रथलाई दरबारमार्गबाट असन, बसन्तपुर, जैसीदेवल, लगन हुँदै पुनः मच्छेन्द्रबहालमा पु¥याएपछि अन्त्य गरिन्छ।

सेतो मच्छेन्द्रनाथको रथलाई नागराजको प्रतीक मानिन्छ। प्रत्येक वर्या रथयात्रा निकालेपछि वर्ष हुने धार्मिक विश्वास पनि रहेको छ।

कोरोना संक्रमण फैलिन नदिन सुरक्षाको सावधानी अपनाउनका लागि जात्रामा सहभागी हुनेले अनिवार्य मास्क लगाउने, रथ भन्दा १५ मिनेट अघि नै सांस्कृतिक बाजाको समूहलाई हिँडाउने र एक दिन रथ तानेका युवाले अर्को दिन नतान्ने व्यवस्था मिलाइएको सेतो मच्छेन्द्रनाथ रथ व्यवस्थापन समितिले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .