राजनीति


माओवादी छाडेर ओलीतिर लागेका रौतहटका दुई मेयर र पाँच उपप्रमुखको पद धरापमा

माओवादी छाडेर ओलीतिर लागेका रौतहटका दुई मेयर र पाँच उपप्रमुखको पद धरापमा

नेपालखबर
बैशाख ७, २०७८ मंगलबार ३:५७,

नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित रौतहटका दुई मेयर, चार उपमेयर र एक गाउँपालिका उपाध्यक्षको पद धरापमा परेको छ।

माओवादी केन्द्रबाट निर्वाचित भएर पार्टी परित्याग गरेपछि उनीहरुको पद धरापमा परेको हो। नेकपा (एमाले)को ओली खेमामा प्रवेश गर्ने दुई मेयर, चार उपमेयर र एक गाउँपालिका उपाध्यक्षलाई माओवादी केन्द्रले २४ घण्टे स्पष्टीकरण सोधेको छ।

पार्टी हितविपरीत कार्य गरेको भन्दै माओवादी केन्द्रका रौतहट जिल्ला सचिव देवेन्द्र पटेलले उनीहरुलाई २४ घन्टाभित्र जबाफ दिन भन्दै स्पष्टीकरण पत्र पठाएका छन्। आइतबारै पत्र पठाइएको भए पनि अहिलेसम्म कसैले पनि त्यसको जबाफ नदिएका माओवादी केन्द्र रौतहटले जनाएको छ।

175351846 505527840621160 756958812619918576 n 1

रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साह, कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहा, यमुनामाई गाउँपालिकाकी उपाध्यक्ष गीतादेवी साह, माधवनारायण नगरपालिकाकाका उपमेयर सिमल साह, फतुवाविजयपुर नगरपालिकाकी उपमेयर कान्तिदेवी साह, मौलापुर नगरपालिकाका उपमेयर गौरीशंकर जयसवाल र देवाहीगोनाही नगरपालिकाकी उपमेयर परनिया देवीलाई माओवादीले स्पष्टीकरण सोधेको हो।

पार्टीले स्पष्टीकरण सोधेकोप्रति केही जनप्रतिनिधिले सार्वजनिक रुपमै आपत्ती जनाएका छन्। मौलापुर नगरपालिकाकी मेयर रीनाकुमारी साहले नेकपा (माओवादी केन्द्र) ले सोधेको स्पष्टीकरणप्रति आपत्ती प्रकट गरेकी छन्। मेयर साह सहरी विकास मन्त्री प्रभु साहकी पत्नी हुन्।

प्रभु साह एमालेको केपी ओली खेमातिर लागेपछि रौतहटमा माओवादी केन्द्रबाट स्थानीय तहमा निर्वाचित अधिकांश जनप्रतिनिधि पनि एमालेतिरै लागेका छन्।

 यो पनि माओवादीले स्पष्टीकरण सोधेपछि ओलीतिर लागेकी मेयर रीनाकुमारी साहले जनाइन् आपत्ती

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad