राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभाको चालु (हिउँदे) अधिवेशन अन्त्य गरेकी छन्।
आज बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसअनुसार राष्ट्रपति भण्डारीले आज दिउँसो १ बजेदेखि अधिवेशन अन्त्य हुने गरी सूचना जारी गरेकी हुन्।
संविधानको धारा ९३ को उपधारा (२) बमोजिम प्रतिनिधि सभाको अधिवेशन अन्त्य गरिएकाे राष्ट्रपति कार्यालयले जनाएकाे छ।


प्रतिक्रिया