राजनीति


मन्त्रिपरिषदको निर्णय : सहरी क्षेत्रका विद्यालय बन्द गर्ने

मन्त्रिपरिषदको निर्णय : सहरी क्षेत्रका विद्यालय बन्द गर्ने

नेपालखबर
बैशाख ६, २०७८ सोमबार ५:५,

सरकारले सहरी क्षेत्र र कोरोना संक्रमण बढेका जिल्लाका शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ।

कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) को सिफारिसअनुसार सहरी क्षेत्रका स्कुल, कलेज, फिल्म हललागयत भीडभाड हुने स्थान वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय भएको ऊर्जामन्त्री टोपबहादुर रायमाझीले नेपालखबरलाई जानकारी दिए।

जिल्लास्थित डिसीसीएमसीको सिफारिसबमोजिम विद्यालय बन्द गरिनेछ। तर पठनपाठन र परीक्षा वैकल्पिक माध्यमबाट जारी राखिने सरकारले जनाएकाे छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं, ललितपुर, कास्की, रूपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङलाई कोरोनाबाट अति प्रभावित जिल्लामा यसअघि नै वर्गीकरण गरिसकेको छ।

पछिल्लो समय कोरोना भाइरसको नयाँ भेरिएन्ट देखिएसँगै संक्रमण बढेको छ।

यो पनि : कोरोना प्रभावित १४ जिल्लामा विद्यालय र यी क्षेत्र बन्द गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad