राजनीति


माओवादीले स्पष्टीकरण सोधेपछि ओलीतिर लागेकी मेयर रीनाकुमारी साहले जनाइन् आपत्ती

माओवादीले स्पष्टीकरण सोधेपछि ओलीतिर लागेकी मेयर रीनाकुमारी साहले जनाइन् आपत्ती

नेपालखबर
बैशाख ६, २०७८ सोमबार ४:५६,

रौतहटको मौलापुर नगरपालिकाकी मेयर रीनाकुमारी साहले नेकपा (माओवादी केन्द्र)ले सोधेको स्पष्टीकरणप्रति आपत्ती प्रकट गरेकी छन्।

माओवादी रौतहटका जिल्ला सचिव देवेन्द्र पटेलले माओवादी छाडेर एमालेमा लागेकी मेयर साह, उपमेयर गौरीशंकरप्रसाद जैसवाल सहितका जनप्रतिनिधिलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन भन्दै पत्र पठाएका छन्।

आफूलाई स्पष्टीकरण सोधिएकोप्रति मेयर साहले आपत्ती जनाएकी हुन्। मेयर साह सहरी विकास मन्त्री प्रभु साहकी पत्नी हुन्।

प्रभु साह एमालेको केपी ओली खेमातिर लागेपछि रौतहटमा माओवादी केन्द्रबाट स्थानीय तहमा निर्वाचित अधिकांश जनप्रतिनिधि पनि एमालेतिरै लागेका छन्। मौलापुर नगरपालिकाकी मेयर रीनाकुमारी साह, कटहरिया नगरपालिकाका मेयर शियाराम कुशवाहसहित माओवादीबाट निर्वाचित पाँच जना उपमेयर पनि एमालेतिर लागेका छन्।

मेयर साहले सामाजिक सञ्जालमार्फत माओवादी केन्द्रले स्पष्टीकरणको नाममा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूलाई आतंकित पार्ने दुष्प्रयास गरिरहेको भन्दै बिरोध जनाएकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad