प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
बैठक अहिले बिहान १० बजे बालुवाटारमा बस्नेछ। यो बैठक मन्त्रिपरिषदको नियमित बैठक नै हो।
आजै एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक पनि दिउँसो बस्दैछ।
त्यसअघि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक राख्ने भएका हुन्।
संसदको चालु अधिवेशन अन्त्यको चर्चा चलिहरका बेला बस्न लागेको मन्त्रिपरिषदको बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

प्रतिक्रिया