राजनीति


हरेक १० घण्टामा चीनबारे अनुसन्धान गर्दैछ एफबीआई!

हरेक १० घण्टामा चीनबारे अनुसन्धान गर्दैछ एफबीआई!

नेपालखबर
बैशाख ५, २०७८ आइतबार १३:३८,

अमेरिकी संघीय अनुसन्धान एजेन्सी एफबीआईका अनुसार अमेरिकाले हरेक १० घण्टामा चीनबारे अनुसन्धान गरिरहेको छ।

हालै एफबीआईका निर्देशक क्रिस्टोफर रेले भनेका छन्,‘अमेरिकालाई चीनबाहेक अरु देशले खतरा पैदा गर्न सक्दैन।’

उनका अनुसार अमेरिकाको अर्थतन्त्र, सुरक्षा, प्रजातान्त्रिक आदर्श साथै व्यापारिक संस्थाहरूलाई प्रभाव पार्ने क्षमता राख्ने राष्ट्र चीन हो।

केही समययता एफबीआईले चीन र चीन सरकारबारे २ हजारभन्दा बढीपटक अनुसन्धान गरिसकेको सीएनएनले उल्लेख गरेको छ।

अमेरिका र चीनबीच धेरै विषयमा टकराब बढीरहेको बेला रेको भनाइ आएको हो।

Interrogation of Reality Winner Reveals FBI's Deceptive Tactics

यतिबेला चीन र अमेरिकाबीच सिनजियाङको मानवअधिकारको विषय, ताइवान, दक्षिण चीन सागर, हङकङको स्वतन्त्रता लगायत व्यापार प्रविधि र भूराजनीति लगायतको विवाद उत्कर्षमा पुगेको छ।

यद्यपी आइतबार मात्र चीन र अमेरिकाले संयुक्त वक्तव्य निकाल्दै विश्वमा बढ्दो जलवायु परिवर्तनको समस्यामा एक भएर काम गर्ने सहमति भएको जानकारी दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad