नेकपा एमालेको माधव नेपाल पक्षले काठमाडौंका दसवटै निर्वाचन क्षेत्रमा संयोजक तोकेको छ।
काठमाडौं जिल्ला कमिटीको बैठकले काठमाडौं–१ मा ओमकुमारी श्रेष्ठ, २ मा रुद्र चापागाईं, ३ मा विमल अर्याल, ४ मा ध्रुवराज न्यौपानेलाई संयोजकको जिम्मेवारी दिएको हो।
यसैगरी काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा आरके सेढाईं, ६ मा लक्ष्मण बिडारी, ७ मा सञ्जयराज शर्मा, ८ मा दीपक महर्जन, ९ मा ईश्वर बिडारी र १० मा बटुकृष्ण थापालाई संयोजक तोकिएको छ।
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले आफूपक्षीय केन्द्रीय सदस्यको बैठक राखेर झलनाथ खनाल–माधव नेपाल पक्षका सबै पद र जिम्मेवारी खोसेपछि एमालेमा तीव्र विवाद छ। पार्टीविरोधी गतिविधि गरेको आरोप लगाउँदै ओलीले माधव नेपालसहित उनी पक्षका भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पार्टीको साधारण सदस्यतबाट समेत निष्कासन गरिसकेका छन्।
यसैका विरुद्ध नेपाल पक्षले देशव्यापी रूपमा पार्टीका अलग्गै (समानान्तर) समिति बनाइरहेको छ।
प्रतिक्रिया