राजनीति


क्यास्ट्रो युगको अन्त्यः राउल क्यास्ट्रोले कम्युनिस्ट पार्टीको प्रमुखबाट राजीनामा दिँदै

क्यास्ट्रो युगको अन्त्यः राउल क्यास्ट्रोले कम्युनिस्ट पार्टीको प्रमुखबाट राजीनामा दिँदै

नेपालखबर
बैशाख ४, २०७८ शनिबार ७:४३,

६ दशकयता लागातार क्यास्ट्रो परिवार सत्ता र शक्तिमा थिए। राउलको यो कदमसँगै क्यास्ट्रो युगको अन्त्य हुने भएको छ।

८९ वर्षका राउलले कम्युनिस्ट पार्टीको प्रमुख पदबाट राजीनामा दिने बताउँदै भनेका छन्,‘मैले नयाँ नेतृत्व युवा पुस्तालाई हस्तान्तरण गर्न चाहन्छु जोसँग जोश र साम्राज्यवाद विरोधी भावना होस्।’

बीबीसीका अनुसार उनको उत्तराधिकारीलाई चार दिनको पार्टीको सभापछि मतदानमार्फत् चयन गरिनेछ।

सन् १९५९ को क्रान्तिदेखि क्यास्त्रो परिवार क्युबाको सत्ता र शक्तिमा आसिन थियो।

यसअघि राउलका दाई फिडेल क्यास्ट्रो सन् १९५९ देखि सन् १९७६ क्युबाका प्रधानमन्त्रीको रुपमा साथै सन् १९७६ देखि २००८ सम्म क्युबाको राष्ट्रपतिको रुपमा सत्तामा थिए।

Cuba remembers revolutionary leader Fidel Castroफिडेल क्यास्ट्रो

स्वास्थ्यमा आएको समस्याका कारण सन् २००८ मै फिडेलले भाई राउल क्यास्त्रोलाई क्युबाको राष्ट्रपति बनाएका थिए। सन् २०१८ सम्म राष्ट्रपति रहेका उनले सोहीवर्ष मिग्युल डियाज–क्यानेललाई नेतृत्व हस्तान्तरण गरेका थिए।

यद्यपी कम्युनिस्ट पार्टीको प्रमुखमा भने उनी यथावत् थिए। सन् २०११ मा दाई फिडेल क्यास्ट्रोले उनलाई कम्युनिस्ट पार्टीको महासचिव बनाएका थिए।

राउलले पद छाड्ने घोषणा गर्न अगाडि भनेका छन्,‘जबसम्म म बाँच्नेछु म मेरो जन्मभूमि, क्रान्ति र समाजवादको बचाउको उभिन तयार हुनेछु।’

अमेरिका सम्बन्ध

राउल क्यास्ट्रोले सन् २०१४ र २०१६ मा अमेरिकी सरकारसँग वार्ता गरेका थिए। बाराक ओबामा राष्ट्रपति भएका बेला क्युबा र अमेरिकाबीचको सम्बन्ध सुमधुर बन्दै गएको थियो।

तर अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि भने सम्बन्ध बिग्रयो। कारण, ट्रम्पले क्युबामाथि विभिन्न प्रतिबन्धात्मक नियम घोषणा गरे।

हालका अमेरिकी राष्ट्रपति जो बाइडेनले ट्रम्पको पालामा लागेका प्रतिबन्ध हटाउने बताएका छन्। यद्यपी शुक्रबार मात्र क्युबाको नीति अमेरिकी प्राथमिकता नभएको ह्वाइट हाउसले जनाएको छ।

शुक्रबार नै राउल क्यास्ट्रोले क्युबा अमेरिकासँग ‘सम्मानजनक वार्ता’ गर्न इच्छुक भएको बताएका थिए। तर उनले आफ्नो विदेश नीति र आदर्शको सम्बन्धमा कहिल्यै सम्झौता नहुने जनाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .