राजनीति


एमाले सांसद रावल बस्ने घरमा मध्यराति ढुंगा प्रहार

एमाले सांसद रावल बस्ने घरमा मध्यराति ढुंगा प्रहार

नेपालखबर
बैशाख २, २०७८ बिहिबार ७:३०,

नेकपा एमालेका सांसद झपटबहादुर रावल बस्ने शान्तिनगरस्थित घरमा ढुंगा प्रहार भएको छ।

बुधबार राति आफू बस्ने घरमा ढुंगा प्रहार भएको भन्दै रावलले राज्यव्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा गृहमन्त्री रामबहादुर थापा र गृहसचिव महेश्वर न्यौपानेको ध्यानाकर्षण गराएका छन्।

घरमा ढुंगा हानेपछि आफूले प्रहरीका बिभिन्न युनिटमा फोन गर्दा पनि फोन नउठाएको र पछि हनुमान ढोका प्रमुखले फोन उठाए पनि समयमै प्रहरी नपठाएको रावलको गुनासो छ।

‘१२ बजे त्यो घरको ढोकामा ढुंगा हान्यो, त्यसपछि घरबेटी र हामी उठ्यौं। फेरि ५-१० मिनेटपछि ढुंगा प्रहार गरेपछि मैले १०० मा फोन गरें तर फोन उठेन,’ रावलले संसदीय समितिको बैठकमा भने, ‘एकजना कानुन व्यवसायीले पनि विभिन्न ठाउँमा फोन गर्नुभयो। कोटेश्वर वृत्तका डीएसपीको नम्बरमा फोन गरें। त्यहाँ पनि उठेन। पछि हनुमान ढोकाको प्रमुखले फोन उठाउनु भयो।’

आफूले घटनाको जानकारी गराएपछि पनि ४५ मिनेटपछि मात्रै प्रहरी आइपुगेको बताए।

‘यहि तरिकाले सुरक्षित हुन्छौं भन्ने लाग्दैन। राति सुतेको बेला घरमा ढुंगा प्रहार गरिएको छ। यसमा छानविन गरी कारबाही गरियोस्। यस्ता घटना नहुनका लागि सुरक्षा निकायले फोन नउठाउने र घटना घटिसकेपछि मात्रै सुरक्षा निकाय पुग्ने अवस्थाको अन्त्य होस्,’ रावलले बैठकमा माग गरे।

राज्यव्यवस्था तथा सुशासन समितिका सदस्य समेत रहेका रावलले यसबारे छानविन गर्न गृहमन्त्री र गृहसचिवको ध्यानाकर्षण गराएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad