राजनीति


नयाँ सरकार गठनबारे महाराजगन्जमा राति अबेरसम्म देउवा–प्रचण्ड वार्ता

नयाँ सरकार गठनबारे महाराजगन्जमा राति अबेरसम्म देउवा–प्रचण्ड वार्ता

नेपालखबर
बैशाख १, २०७८ बुधबार १:७,

नयाँ सरकार गठनबारे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मंगलबार राति अबेरसम्म वार्ता भएको छ।

देउवासँग छलफल गरेर जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई  देउवा निवास (बूढानीलकण्ठ) बाट मंगलबार साँझ साढे ५ बजेतिर निस्किएका थिए। त्यसपछि देउवा र प्रचण्डबीच देउवाको ससुराली नाता पार्ने प्रमोद राणाको निवास (महाराजगन्ज) मा छलफल भएको हो।

स्रोतले दिएको जानकारीअनुसार वार्ता मंगलबार राति साढे ९ बजेसम्म जारी थियो। वार्ता अलि गोप्य भएकाले के कुरा भयो स्रोतले खुलाएको छैन। 

यी पनि :

बूढानीलकण्ठमा देउवा, भट्टराई र यादवबीच छलफल 

बहसमा सहमतिको सरकार, बन्ला त गतिरोध अन्त्यको विकल्प?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad