राजनीति


विवेकशील साझाका सांसद श्रेष्ठले सार्वजनिक गरे वार्षिक प्रतिवेदन

विवेकशील साझाका सांसद श्रेष्ठले सार्वजनिक गरे वार्षिक प्रतिवेदन

नेपालखबर
चैत ३०, २०७७ सोमबार १४:५५,

विवेकशील साझा पार्टीका तर्फबाट बागमती प्रदेश सभा सदस्य बिराजभक्त श्रेष्ठले आफ्नो वार्षिक प्रतिवेदन सार्वजनिक गरेका छन्।

उनले आफू सांसद भएपछि लगातार तीन वर्षदेखि आफ्नो वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै आएका छन्।

सोमबार पार्टीको केन्द्रीय कार्यालय बखुण्डोलमा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र, संयोजक मिलन पाण्डे, संसदीय दलका नेता रमेश पौड्याल र पार्टीका नेताहरू राजिया बानु, अनुपा श्रेष्ठ लगायतले सांसद श्रेष्ठको प्रतिवेदन सार्वजनिक गरेका हुन्।

प्रतिवेदन सार्वजनिक गर्दै पार्टी अध्यक्ष रवीन्द्र मिश्रले विवेकशील साझा कागजमा मात्र नभएर व्यवहारमै पारदर्शिता अपनाइरहेको दाबी गरे। विवेकशील साझाका सांसदहरूले विभिन्न नाममा सांसदलाई रकम बाँड्ने काम अपारदर्शी भएको भन्दै सांसद विकास कोष लगायतका कार्यक्रम बहिष्कार गर्दै आएका छन्।

सांसद श्रेष्ठको प्रतिवेदनमा वर्ष भरी सदनभित्र र सदनबाहिर गरेका कार्यहरूको संकलन गरिएको छ भने सदनमा आफूले गरेका छलफल र राखेका संशोधन प्रस्तावको सूची प्रकाशित छ। विभिन्न कार्यक्रमहरूमा सहभागी भएका तस्बिर पनि यस दस्ताबेजमा समेटिएका छन्।

प्रतिवेदन सार्वजनिक गर्दै पार्टी संयोजक मिलन पाण्डेले विवेकशील साझाको राजनीति नयाँ शैलीको राजनीति भएको र यसले नयाँ सम्भावनाहरू अन्वेषण गरिरहेको बताए। प्रदेश सभामा तेस्रो शक्तिका रूपमा भए पनि पार्टीका सांसदहरूले सदनमा नागरिकहरूको उत्कृष्ट प्रतिनिधित्व गरेको उनको दाबी थियो।

यसअघि नै विवेकशील साझा पार्टीका प्रदेश संसदीय दलका नेता रमेश पौड्यालको वार्षिक प्रतिवेदन सार्वजनिक भैसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .