राजनीति


प्रचण्डलाई लक्षित गर्दै ओलीले भने : छद्मभेषीलाई सफल हुन दिइने छैन

प्रचण्डलाई लक्षित गर्दै ओलीले भने : छद्मभेषीलाई सफल हुन दिइने छैन

नेपालखबर
चैत ३०, २०७७ सोमबार १२:३९,

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाललाई ‘छद्मभेषी’ को संज्ञा दिएका छन्।

सोमबार राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले ‘कम्युनिष्ट आन्दोलनभित्र लुकेका छद्मभेषीलाई सफलतासाथ अगाडि जान नदिने’ उद्घोष गरेका हुन्।

‘कम्युनिष्ट आन्दोलनभित्र घुसेका कम्युनिष्ट विरोधी, लोकतन्त्र विरोधी, राष्ट्रियता विरोधी, यस्ता तत्वलाई सफलतासाथ अगाडि बढ्न दिइनेछैन’ उनले भने।

प्रधानमन्त्री ओलीले जनयुद्धका नाममा १७ हजार मानिस मारिएको भन्दै तिनको पीडा अरबमा गएपनि कम नभएको जिकिर गरे।

उनले आफूलाई प्रधानमन्त्री पदबाट हटाउन विपक्षीलाई चुनौती पनि दिए।

‘राजीनामा देउ, राजीनामा देउ... कति रोएका? उनले भने, ‘हटाउ न। समर्थन किन गरिरहन्छौ? फिर्ता लैजाउ।’

ओलीले आफूले संसद विघटन गरेर ठिक गरेका दाबी पनि गरे। बरु अहिले संसदमा अभद्रता सुरु भएको र अस्थिरता निम्तिएको उनको जिकिर थियो। अदालतको फैसला आफूहरुले कार्यान्वयन गरेको तर त्यसले निकास नदिएको उनको भनाई थियो।

‘हामीले अदालतको फैसला मान्यौं, कार्यान्वयन गर्यौं। तर उहाँहरुमा किन असहिष्णुता? आफू अनुकुल फैसला आयो भने उत्सव मनाउने? के के खाने’ उनले भने, ‘एउटा फैसला आउँदा मुखमा लड्डु, अर्को फैसला आउँदा टाउकोमा घनले हानेजस्तो?’

ओलीले ‘अब संसद विघटनको विकल्प छैन, चुनावै हो’ भनेर कांग्रेस नेताहरु पनि भनिरहेका दाबी गरे।

ओलीले तीन वर्षमा असाधारण विकास गरेको र जनताको मनोबल उठेको बताए।

‘बाह्रौं सागमा तीनवटा स्वर्ण जितेका थियौं। यसपालि ५१ वटा कसरी जितियो?’ उनले भने, ‘नेपालीपन जाग्यो। मनोबल बढ्यो।’

ओलीले पानीजहाज भनेको ठाउँमा अहिले कम्तिमा नदीहरुमा स्टिमर चल्न थालेको बताए।

धेरै सडक पुलहरु बनेका, १६५ सडकको एकैदिन शिलान्यास भएको, एकैचाटी ३०९ अस्पताल शिलान्यास गरिएको दृष्टान्त उनले पेश गरे। दशकौंदेखि पुरा हुन नसकेको मेलम्चीमा तीन वर्षमा काम भएको र धारा धारामा पानी आएका बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .