राजनीति


जसपाको पदाधिकारी बैठक सुरु, सत्ता समीकरणबारे निर्णय लेला?

जसपाको पदाधिकारी बैठक सुरु, सत्ता समीकरणबारे निर्णय लेला?

नेपालखबर
चैत ३०, २०७७ सोमबार १२:१४,

जनता समाजवादी पार्टी (जसपा)को पदाधिकारी बैठक सुरु भएको छ।

पार्टी कार्यालय बालकुमारीमा केही बेरअघि ६ जना नेता रहेको पदाधिकारी बैठक सुरु भएको हो।

बैठकमा जसपा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव, संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई,  वरिष्ठ नेताहरू अशाेक राई, राजेन्द्र महताे र राजेन्द्र श्रेष्ठ सहभागी छन्। 

आइतबार बसेको बैठकले नयाँ समीकरणका विषयमा कुनै निर्णय गर्नसकेको थिएन।

नेपाली कांग्रेसले शुक्रबार जसपा र माओवादी केन्द्रसँग छलफल गरेको थियो।

कांग्रेस सभापति शेरबहादुर देउवाले सो बैठकमा आफ्नो नेतृत्वमा सरकार बनाउने भन्दै सहयोग गर्न गरेको आग्रहलाई जसपाले केही दिन समय दिन आग्रह गरेको थियो।

आइतबारको बैठकले कांग्रेसको प्रस्तावमा तत्काल सहयोग गरेर जान सम्भव नभएको भन्दै बैठक विना निष्कर्ष सकिएको थियो।

स्रोतका अनुसार जसपाको आजको बैठक निर्णायक हुनेछ। नयाँ सत्ता समीकरण कि ओली सरकारलाई समर्थन भन्ने विषय आजको बैठकले निर्णय गर्ने स्रोतले दाबी ग¥यो।

‘आज जसपाले कुनै पनि निर्णय गर्न सक्छ’, स्रोतले भन्यो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad