समाज


डा. वस्तीलाई मानव अधिकार सम्मान प्रदान गर्ने आयोगको निर्णय

डा. वस्तीलाई मानव अधिकार सम्मान प्रदान गर्ने आयोगको निर्णय

नेपालखबर
चैत ३०, २०७७ सोमबार १२:७,

राष्ट्रिय मानव अधिकार आयोगले डा. हरिहर वस्तीलाई मानव अधिकार सम्मान प्रदान गर्ने भएको छ।

आयोगले हरेक वर्ष प्रदान गर्दै आएको ‘स्वर्गीय दयाराम परियार स्मृति मानव अधिकार सम्मान’ यस वर्ष फरेन्सिक विज्ञ डा. हरिहर वस्तीलाई प्रदान गर्ने निर्णय गरेको हो।

आयोगको आज सोमबार बसेको वैठकले डा. वस्तीले आयोगको शवोत्खनन् लगायत मानव अधिकारका दर्जनौँ अनुसन्धान कार्यमा महत्त्वपूर्ण योगदान पु¥याएकोमा सो सम्मान दिने निर्णय गरेको हो।

‘सम्मानित हुनुहुने डा. हरिहर वस्तीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा लामो समय फरेन्सिक विज्ञको रुपमा रही मानव अधिकारको संरक्षणमा योगदान पुर्‍याउँदै आउनुभएको थियो,’ आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले बताएका छन्, ‘सशस्त्र द्वन्द्वकालीन घटनाहरुको अनुसन्धानमा संलग्न रही मानव अधिकारको क्षेत्रमा उहाँले पु¥याउनुभएको योगदानलाई उच्च मूल्याङ्कन गर्दै आगामी दिनमा समेत मानव अधिकारको क्षेत्रमा थप योगदान पुर्‍याउनुहुनेछ भन्ने विश्वास आयोगले लिएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad