ad ad

राजनीति


जनमत पार्टीको पहिलो महाधिवेशन : फेरि सीके राउत नै अध्यक्ष

जनमत पार्टीको पहिलो महाधिवेशन : फेरि सीके राउत नै अध्यक्ष

नेपालखबर
चैत ३०, २०७७ सोमबार ८:१६,

जनमत पार्टीको अध्यक्षमा पुनः डा. सीके राउत निर्विरोध निर्वाचित भएका छन्।

जनकपुरको बाह्रबिघा मैदानमा सम्पन्न प्रथम महाधिवेशनमा अध्यमा राउत र महासचिवमा चन्दन कुमार सिंह निर्विरोध चुनिएका हुन्।

गत शनिबारदेखि पदाधिकारीको लागि भएको अधिवेशनमा अध्यक्ष र महासचिवबाहेक निर्वाचनबाट चयन गरिएको छ।

उपाध्यक्ष पदमा मोहम्द अब्दुल खान, इ. वसन्त कुशवाहा, इ. दीपक कुमार साह र इ. नरेन्द्र प्रसाद चौधरी विजयी भए।

No description available.

यस्तै केन्द्रीय सदस्यहरुमा रौतहटका डा. सुवन्त कुमार कुशवाहा र ललिचतचन्द्र मल्लिक, सिरहाका संजय कुमार यादव र रामकुमार यादव, रुपन्देहीका भोगेन्द्र प्रसाद यादव, सुनसरीका भवानी महतो र सिताराम पण्डित, सप्तरीका सुरेन्द्र शर्मा र मदनेश कुमार चौधरी छन्। 

त्यस्तै, सर्लाहीका नरेश प्रसाद कुशवाहा र राजेन्द्र राय, महोत्तरीका वीरेन्द्र महतो र संजय कुमार यादव, नवलपरासीका बालगोविन्द चौधरी, धनुषाका इन्द्रजीत यादव र डा. विनय कुमार पंजियार, बाराका ओमप्रकाश साह र सुनिल कुमार यादव, बाँकेका विष्णु प्रसाद यादव र इरफान अहमद शेख, रुपन्देहीका रामकेश गुप्ता, मोरङका परमेश्वर मुर्गु, कपिलवस्तुका योगेन्द्र चौधरी सदस्य पदमा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ।

ck raut feri adhyaksha2

यस्तै महिला सदस्यहरुमा सिरहाकी अनिता कुमारी मण्डल, धनुषाकी अनितादेवी साह, महोत्तरीकी अन्जनीदेवी मण्डल, सप्तरीकी बविता कुमारी राउत र जुलेखा विवी, सुनसरीकी आशा कुमारी मेहता, दाङकी राधा कुमारी यादव र झापाकी कौशिला देवी महतो निर्वाचित भएको निर्वाचन प्रमुख संजय कुमार सिंहले जानकारी दिए।

उनका अनुसार बाँकी पदाधिकारी निर्वाचित मध्येबाटै चयन गरिनेछ।

जनमत पार्टीको २५ सदस्यीय केन्द्रीय कार्यसमितिको लागि भएको निर्वाचनमा ४ हजार ५ सय प्रतिनिधिले मतदान गरेका थिए ।

No description available.

विखण्डनकारी राजनीतिबाट मूलधारको राजनीतिमा आएपछि डा. राउत नेतृत्वको जनमत पार्टीले पहिलोपटक भव्य रुपमा पार्टीको महाधिवेशन गरेको हो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .