नेकपा माओवादी केन्द्रकी सांसद अञ्जना विशङ्खेले देशमा सेटिङका आधारमा काम हुन थालेको आरोप लगाएकी छिन्।
सोमबारको प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै विसङ्खेले सेटिङ गर्न सक्नेको काम भएको र नसक्नेको कामै नभएको बताइन्।
‘सेटिङका आधारमा हरेक निर्णय गरिन्छ’, उनले भनिन्, ‘निर्वाचन आयोग वा सर्वोच्च अदालतको नेकपा एकीकरण विभाजन गर्ने निर्णय यी सबैमा सेटिङ भएको छ’, उनले भनिन्।
संसदीय समितिमा दलले गरेका निर्णय समेत सेटिङका आधारमा दर्ता हुने गरेकोमा असन्तुष्टि जनाइन्।
प्रतिक्रिया