राजनीति


प्रचण्डले भने : संविधान मिच्ने क्रम जारी रहे केही समयमै विद्रोहमा जानुपर्ने अवस्था आउन सक्छ

प्रचण्डले भने : संविधान मिच्ने क्रम जारी रहे केही समयमै विद्रोहमा जानुपर्ने अवस्था आउन सक्छ

नेपालखबर
चैत २८, २०७७ शनिबार ७:१,

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानलाई मिच्ने र कुल्चने क्रम जारी रहे केही समयपछि विद्रोहमा जानुपर्ने अवस्था आउने बताएका छन्।

शनिबार काठमाडौंको बबरमहलमा आयोजित नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको चौंथो केन्द्रीय परिषद्लाई सम्बमेधन गर्दै अध्यक्ष प्रचण्डले नयाँ खालको विद्रोहमा संगठित हुनुपर्ने अवस्था आउन सक्ने बताएका हुन्।

उनले आफूहरु सकेसम्म सहज ढंगले जाने बाटो बनोस् भन्ने चाहना रहेको र आन्दोलन गर्नु परे पनि देश र जनतालाई दुःख नपर्ने खालको विद्रोहमा जान चाहेको बताए।

‘हामीले सकेसम्म सहज ढंगले हाम्रो संविधान, ऐन कानुन र राजनीतिक दलहरुको नेतृत्व र बहुमतको भावना अनुसार सहज ढंगले एउटा रुपान्तरण बनोस् भन्‍ने हाम्रो प्रयास छ’, अध्यक्ष प्रचण्डले भने, ‘यदि त्यसो भएन र साँच्चै संविधानलाई मिच्‍ने नै कोशिस जारी रह्यो भने, यदि लोकतान्त्रिक मान्यतालाई कुल्चने र निरंकुश र स्वेच्छाचारी ढंगले नै जाने कोशिस भयो भने एउटा नयाँ खालको विद्रोहमा हामी संगठित हुनुपर्ने र विद्रोहमा जानुपर्ने अवस्था आउनसक्छ, केही समयपछि नै।’

उनले उक्त आन्दोलन शान्तिपूर्ण र प्रतिस्पर्धात्मक रुपमा लैजान चाहेको बताए। उनले त्यो परिस्थिति आउनुअघि नै नयाँ सरकार गठन गरेर यो बीचमा भएका ज्यादति सच्याउन र जबर्जस्ती छुट्याएकाहरुको पुनर्मिलन चाहेको बताए।

उनले त्यस्तो नभए संहिदरबार भित्रैबाट र देशभरीबाट त्यसको प्रतिवाद गर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .