यी समूहले चिनियाँ जनमुक्ति सेनाको लागि सुपर कम्प्युटर बनाएको अमेरिकी आरोप छ।
बाइडेन प्रशासनले लिएको यो पाहिलो कदमले चीनलाई अमेरिकी कम्पनीबाट प्राविधिक सामग्री प्राप्त गर्न मुश्किल हुनेछ।
बिहीबार मात्र चीनका तीन कम्पनी र नेसनल सुपर कम्प्युटिङ सेन्टरका चार शाखालाई अमेरिकामा कालोसूचीमा राखिएको हो।
अबदेखि अमेरिकी कम्पनीले चीनका यी कम्पनीबाट प्राविधिक सामग्री निर्यात गर्न पाउनेछैनन्। गर्न चाहेमा सरहारी अनुमति चाहिन्छ।
अमेरिकी वाणिज्य विभागका अनुसार कालो सूचीमा राखिएका कम्पनीले चिनियाँ सेनाका लागि सुपर कम्प्युटर बनाउँछन् र यसको मद्दतमा उनीहरुले विनाशकारी हतियार विकास गरिरहेका छन्। बीबीसीहिन्दी

प्रतिक्रिया