राजनीति


निजामती प्रशासनबारे बोलेको कुरा विवादित बनेपछि उपप्रधामन्त्री ईश्वर पोखरेलको यस्तो स्पष्टीकरण

निजामती प्रशासनबारे बोलेको कुरा विवादित बनेपछि उपप्रधामन्त्री ईश्वर पोखरेलको यस्तो स्पष्टीकरण

नेपालखबर
चैत २८, २०७७ शनिबार १:५५,

निजामती प्रशासन झिंगे टँसाइ सोचबाट मुक्त हुन नसकेको भनी दिएको आफ्नो अभिव्यक्तिको आलोचना भएपछि उप्रधानमन्त्री ईश्वर पोखरेलले स्पष्टीकरण दिएका छन्।

यो पनि : निजामती प्रशासन झिङ्गे टँसाइ सोचबाट मुक्त हुन सकेनः उपप्रधानमन्त्री पोखरेल

उपप्रधानमन्त्री पोखरेलको स्पष्टीकरण जस्ताको तस्तै :

२०७७ चैत्र २५ गते सिंहदरबारमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संयुक्त रूपमा नेपाल सरकारका सचिवहरू सम्मिलित एकदिने अन्तर्क्रिया कार्यक्रममा मैले बोलेको विषयलाई लिएर अन्यथा अर्थ लगाउने उद्देश्यका साथ सार्वजनिक गरिएकोमा मेरो ध्यान आकृष्ट भएको छ। मैले त्यहाँ बोलेका कुरालाई जस्ताको तस्तै यहाँ प्रस्तुत गरेको छु। अन्यथा नलिईदिनसमेत सबैमा हार्दिक अनुरोध गर्दछु :

“अहिले निजामती प्रशासनभित्र रहेको एउटा प्रमुख समस्या हो– सोचमा सकारात्मक परिवर्तनको अभाव। निजामती प्रशासन  ‘झिंगे टँसाइ’ सोचबाट मुक्त हुनुपर्दछ। यसलाई विरासतमा पाएको भन्ने गरिए तापनि समयको गतिसँग प्रशासन परिवर्तन हुन नसकेको रूपमा यसलाई बुझ्न सकिन्छ। त्यसैले होला, निजामती प्रशासनले परिणामलाई भन्दा प्रक्रियलाई जोड दिएको छ ! बढ्नेभन्दा अड्ने कुरालाई ध्यान दिएको छ। यस्ता कमीकमजोरीहरूलाई हटाउनका लागि कर्मचारीतन्त्रमा समयसापेक्ष हुनेगरी सोचमा र कार्य-सम्पादन शैलीमा परिवर्तन ल्याउनैपर्छ र देखिएको परिवर्तनको व्यवस्थापन गर्नैपर्छ..।”

उपप्रधानमन्त्री पोखरेल एमालेका महासचिव हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad