राजनीति


‘यथार्थ’ स्वीकार गरेमा पार्टी एकता सम्भव छ : शंकर पोखरेल

‘यथार्थ’ स्वीकार गरेमा पार्टी एकता सम्भव छ : शंकर पोखरेल

नेपालखबर
चैत २८, २०७७ शनिबार १:३९,

नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली पक्षका नेता शंकर पोखरेलले असन्तुष्ट पक्षले ‘यथार्थ’ स्वीकार गरेमा पार्टीमा एकता सम्भव रहेको बताएका छन्।

ओली र माधव नेपाल–झलनाथ खनाल समूहबीच लगभग विभाजन भइसकेका बेला लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका एमाले नेता पोखरेलले पार्टीका अध्यक्ष ओलीको कदमले पार्टी र देश बन्दै छ भन्ने कुरा स्वीकार गरेमा एकता सम्भव भएको दाबी गरेका हुन्।

‘पार्टी एकता सम्भव छ : पार्टी अध्यक्षको नेतृत्वमा पार्टी र देश बन्दैछ भन्ने यथार्थ स्वीकार गरी मिलेर त्यसलाई थप गति दिन तयार भएमा,’ पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्। 

shankarfe

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad