राजनीति


गृहमन्त्री थापालाई पनि कारबाही गर्‍यो माओवादी केन्द्रले

गृहमन्त्री थापालाई पनि कारबाही गर्‍यो माओवादी केन्द्रले

नेपालखबर
चैत २७, २०७७ शुक्रबार ८:३२,

नेकपा माओवादी केन्द्रले नेकपा एमालेमा गएका गृहमन्त्री रामबहादुर थापालाई कारबाही गरेको छ।

बिहीबार माओवादी केन्द्रले राष्ट्रियसभा सचिवालयालई पत्र पठाउँदै थापालाई दलबाट हटाएको र उनी माओवादी केन्द्रको सांसद नरहेको जानकारी गराएको हो।

माओवादीको राष्ट्रिय सभा संसदीय दलका नेता दीनानाथ शर्माले गृहमन्त्री थापालाई सांसदबाट हटाएको र त्यसको जानकारी संसद सचिवालयलाई दिएको बताए।

‘गृहमन्त्री थापा माओवादी परित्याग गरेर एमालेमा प्रवेश गरेका कारण उहाँ माओवादीको सांसद नरहेको जानकारी संसद सचिवालयलाई गराइसकेका छौँ’, शर्माले नेपालखबरसँग भने, ‘शुक्रबार उहाँलाई पदबाट हटाइएको पत्र सचिवालयमा दर्ता भइसकेको छ।’

गृहमन्त्री थापा माओवादीका तर्फबाट राष्ट्रिय सभा सदस्य थिए।

यसअघि माओवादीले दल त्याग गरेको भन्दै चार प्रतिनिधि सभा सदस्य र तीन प्रदेशसभा सदस्यलाई कारबाही गरिसकेको छ।

माओवादीले एमालेमा प्रदेश गरेका ऊर्जामन्त्री टोपबहादुर रायमाझी, सहरी विकास मन्त्री, प्रभु शाह, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र श्रम तथा रोजगार गौरीशंकर चौधरीलाई पनि कारबाही गर्दै पदमुक्त गरेको थियो।

त्यस्तै माओवादीले एमालेमा प्रवेश गरेका प्रदेश १ का प्रदेश १ र लुम्बिनी प्रदेशका दुई प्रदेश सभा सदस्यलाई पनि पदमुक्त गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad