बागमती प्रदेश सरकारले चुरियामाई सुरुङमार्ग मर्मत तथा व्यवस्थापनको लागि कम्पनी छनोट गरेको छ।
भौतिक पूर्वधार विकास मन्त्रालय अन्तर्गतको यातायात पूर्वधार निर्देशनालयले सबै भन्दा कम कबोल गर्ने माउन्टेन्ट इन्फ्रा कम्पनी लिमिटेडलाई मर्मत तथा व्यवस्थापनाका लागि छनोट गरेको हो।
कम्पनीले ३ करोड ३६ लाख रुपैयाँ लगातमा बोलकबोल गरेको निर्देशनालयले जनाएको छ।
१ सय ६० मिटर लम्बाईको सुरुङमार्ग रहेको छ। छनोट भएको कम्पनीले सुरुमार्गको मर्मत तथा संभारगरी प्रदेश सरकारलाई हस्तान्तरण गर्नेछ।
प्रदेश सरकारले नेपालकै पुरानो सुरुङमार्गलाई आन्तरिक पर्यटकीय स्थलको रुपमा विकास गर्ने योजनाका साथ सुरुङमार्गको संरक्षण गर्न थालेको यातायात पूर्वाधार निर्देशनालयका निर्देशक सहदेव बहादुर भण्डारीले जानकारी दिए।
बारा र मकवानपुरलाई जोड्ने चुरियामाई सुरुङमार्ग राणा प्रधानमन्त्री चन्द्रशम्शेरको पालामा निर्माण भएको बताइन्छ।

प्रतिक्रिया