ad ad

राजनीति


युगान्डाकी गायिका वियोन्से फमासीसँग मदनकृष्ण श्रेष्ठले नयाँ गीत गाउने

युगान्डाकी गायिका वियोन्से फमासीसँग मदनकृष्ण श्रेष्ठले नयाँ गीत गाउने

नेपालखबर
चैत २६, २०७७ बिहिबार १२:२९,

‘फुलबुट्टे सारी’ बोलको गीत गात गाएर चर्चामा आएकी युगान्डाकी गायिका वियोन्से फमासीसँग कलाकार मदनकृष्ण श्रेष्ठले नयाँ गीत गाउने भएका छन्।

बिहीबार गायक समेत रहेका कलाकार श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत यसको जानकारी दिएका हुन्।

उनले आफूहरुले गाएको ‘फुलबुट्टे सारी’लाई वियोन्सेले गाएपछि अन्तर्राष्ट्रियकरण भएको बताउँदै आफूले उनीसँग मिलेर नयाँ गीत गाउने तरखर गरेको बताएका छन्।

‘हामीले गाएको गीत फुलबुट्टे सारीलाई वियोन्सेले पनि गाइन्। त्यसपछि यो गीतले अन्तर्राष्ट्रियकरणको रुप लिएको महसुस गरिएको छ। अब, वियोन्से र म मिलेर एउटा युगल गीत गाउने तरखरमा छौं। वियोन्सेको तरुणी स्वरसँग मेरो बुढो स्वर मेल खाला किन नखाला खै’, श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा वियोन्सेसँगको फोटो सेयर गर्दै लेखेका छन्।

हामीले गाएको गीत "फूलबुट्टे साडी" लाई Capitn Beyounce Pharmacy ले पनि गाईन त्यसपछि यो गीतले अन्तराष्ट्रियकरण को रुप...

Posted by Madan Krishna Shrestha on Wednesday, April 7, 2021

उनले गीत कस्तो हुने भन्नेबारेमा केही खुलाएका छैनन्।

फुलबुट्छे सारी गीत थुप्रै भर्सनमा आएको छ। यो गीत सुरुमा मार्मिक लामा, त्यसपछि मिलन नेवार, मदनकृष्ण श्रेष्ठ लगायतले बेग्लाबेग्लै भर्सनमा गाएका छन्।

पछिल्लो पटक वियोन्सेले गाएपछि यो गीत थप चर्चामा आएको थियो। वियोन्सले स्वर रहेको भर्सन मात्रै युट्यबमा ६२ लाख भन्दा बढीले हेरेका छन्। गीतमा शब्द तथा संगीत राजनराज सिवाकोटीको रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .