नेपाल पत्रकार महासंघको ललितपुर शाखामा आज बुधबार भएको निर्वाचनको मतगणना सुरु भएको छ।
सुरुको ५० मत गणना हुँदा बिपुल पोखरेल प्यानलका अध्यक्षका प्रत्याशी सागर न्यौपानेले ३५ मत प्राप्त गरेका छन् भने निर्मला शर्मा प्यानलका बालमुकुन्द आचार्यले १० र स्वतन्त्र उम्मेदवार सृजना तिम्सिनाले ५ मत प्राप्त गरेकी छन्।
सो शाखामा उपत्यका प्रदेशको केन्द्रीय सदस्यका लागि भएको निर्वाचनको प्रारम्भिक मतगणनामा निर्मला शर्मा प्यानलका बिदुर ढुङेलले ४६ र हेमराज सिलवालले ३२ मत पाएका छन् भने बिपुल पोख्रेल प्यानलतर्फका शान्तराम बिडारीले १०१ र ज्ञानप्रसाद पौडेलले १४० मत पाएका छन्।
ललितपुर जिल्ला शाखामा कुल मतदाता ४ सय ५४ रहेकोमा ३ सय ८३ मत खसेको थियो।
सोहि शाखामा उपत्यका प्रदेशको नेतृत्व चयनका लागि भएको मतदानमा ३ सय ७९ मत खसेको छ।
त्यसैगरी केन्द्रीय नेतृत्वका लागि ३ सय ८० मत खसेको प्रमुख निर्वाचन अधिकृत कमल गिरीले बताए।
ललितपुर जिल्ला शाखाको पदाधिकारीमध्ये अध्यक्ष पदमा सागर न्यौपाने, सृजना तिम्सिना र बालमुकुन्द आचार्य प्रतिस्पर्धामा छन्।
मतगणना राति १० बजेपछि सुरु भएको गिरीले बताए।
यो पनि :
- उपत्यका प्रदेश केन्द्रीय सदस्यमा पौडेल र बिडारीको प्रारम्भिक अग्रता

प्रतिक्रिया