राजनीति


पद गुमेपछि प्रभु साहको आक्रोश : प्रचण्डको कदम निरंकुशताको पराकाष्ठा

पद गुमेपछि प्रभु साहको आक्रोश : प्रचण्डको कदम निरंकुशताको पराकाष्ठा

नेपालखबर
चैत २५, २०७७ बुधबार २:२२,

नेकपा एमालेमा प्रवेश गरेका कारण नेकपा माओवादी केन्द्रले कारबाही गरेपछि सांसद पद गुमाएका प्रभु साहले पुष्पकमल दाहाल ‘प्रचण्ड’को कदम निरंकुशताको पराकाष्ठा भएको आरोप लगाएका छन्।

आफ्नो दल त्यागेका कारण त्यसबाट निर्वाचित सांसदको पनि स्वतः खारेज हुने प्रावधानअनुसार साहसहित माओवादी केन्द्रबाट निर्वाचित ४ सांसदलाई पदबाट हटाउन अनुरोध गर्दै माओवादी केन्द्रले मंगलबार संसद् सचिवालयलाई पत्राचार गरेको हो।

त्यसको भोलिपल्ट बुधबार बिहानै साहले सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त गरेका हुन्।

‘जनताबाट प्रत्यक्ष निर्वाचित सांसदलाई पद मुक्त गर्ने प्रचण्डको निर्णय लोकतन्त्रको उपहास एवम् निरंकुशताको पराकाष्ठा हो,’ उनले भनेका छन्।

साहको वक्तव्यको पूर्ण पाठ यस्तो छ–

निर्वाचित सांसदलाई पदमुक्त गर्ने प्रचण्डको कदम निरंकुशताको पराकाष्ठा

जनताबाट प्रत्यक्ष निर्वाचित सांसदलाई पद मुक्त गर्ने प्रचण्डको निर्णय लोकतन्त्रको उपहास एवम् निरंकुशताको पराकाष्ठा हो। आफू चुनाव जित्नलाई नेकपा एमालेसँग एकता/सहकार्य गर्ने, नेकपा अध्यक्षको हैसियतमा सर्वोच्च अदालतमा पुनरवलोकन गर्ने र अहिलेसम्म सरकारलाई समर्थन दिईराख्नेहरूले हामी साझा घोषणा-पत्र एवं संयुक्त मतबाट निर्वाचित जनप्रतिनिधिमाथि कथित दल त्यागको कानुनी डण्डा चलाउनु कुनै नैतिकताले सुहाउँदैन।

निर्वाचित जनप्रतिनिधिलाई त्रसित र सिंगै संसदलाई पंगु बनाउने यो खेलले आफूलाई कथित संसद् पुनर्स्थापनाको पक्षधर बताउनेहरू आज फेरि नांगै भएका छन्। अर्थात् रूपमा अहिलेकै संसद सुचारु हुनुपर्छ भनेर माग गर्ने तर सारमा जनभावना एवं लोकतान्त्रिक मान्यताविपरीत प्राविधिक/कानुनी आडमा सम्मानित सदन तथा जनताको सच्चा प्रतिनिधिको रूपमा क्रियाशील सांसदहरूको पदमाथि यसरी अनुचित रूपमा हमलाको दुष्प्रयास गर्नु आफैंमा प्रतिगामी कार्य हो।

prabhusahafb

यो पनि : ओली सरकारमा गएका चार सांसदलाई माओवादीले गर्‍यो कारबाही

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad