ad ad

राजनीति


लाइभ भिडिओमा गाली बकेपछि उत्तर प्रदेशका मुख्यमन्त्री विवादमा

लाइभ भिडिओमा गाली बकेपछि उत्तर प्रदेशका मुख्यमन्त्री विवादमा

नेपालखबर
चैत २४, २०७७ मंगलबार ११:१,

भारतको उत्तर प्रदेश राज्यका मुख्यमन्त्री आदित्यनाथले सोमबार कोरोनाविरुद्धको खोप लगाए। खोप लगाएपछि समाचार एजेन्सी एएनआईलाई प्रतिक्रिया दिन उनी क्यामरासामु उभिए।

तर, प्रतिक्रिया दिँदादिँदै उनको जिब्रो चिप्लियो। प्रधानमन्त्री नरेन्द्र मोदी, वैज्ञानिकहरुलाई धन्यवाद दिइरहेका उनले अचानक अशिष्ट गाली बके। उनको गाली एएनआईका पत्रकारतिरै लक्षित भएको बताइएको छ।

सो भिडिओ तुरुन्तै भाइरल भयो। सँगै आदित्यनाथको आलोचना पनि सुरु भयो।

तर, आफ्नो गल्ती स्वीकार्नु त कता हो कता, उनका निकटस्थहरुले गाली बकिएको भिडिओ सम्पादित भएको आरोप लगाउँदै संलग्नलाई कारबाही गर्ने धम्की दिन थाले। त्यसपछि यो विषय अझ ठूलो मुद्दा बन्न पुग्यो।

एएनआईले पनि पहिलेको भिडिओ हटायो र पुनः खिचिएको भिडिओ अपलोड गर्‍यो। एएनआई सत्तारुढ भाजपानिकट एजेन्सी मानिन्छ।

तर, अन्य समाचार संस्थाहरुले आदित्यनाथले अपशब्द प्रयोग गरेकै हुन् भनेर पुष्टि गरेका छन्।

आफूलाई योगी भन्ने मुख्यमन्त्रीको व्यवहारबाट भने धेरै मानिस छक्क परेका छन्। एजेन्सी

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .