ad ad

राजनीति


दार्चुलास्थित नेपाल–भारत सीमामा भारतले बनाइरहेको सुरक्षा पर्खालबारे दुवै देशका सीमाविद्ले अध्ययन गर्ने

दार्चुलास्थित नेपाल–भारत सीमामा भारतले बनाइरहेको सुरक्षा पर्खालबारे दुवै देशका सीमाविद्ले अध्ययन गर्ने

नेपालखबर
चैत २३, २०७७ सोमबार ९:३८,

नेपाल र भारतका सीमाविद्ले दार्चुलास्थित नेपाल–भारत सीमामा भारतले निर्माण गरिरहेको सुरक्षा पर्खाल निर्माणबारे संयुक्त अध्ययन गर्ने भएका छन्।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सोमबार प्रतिनिधि सभा बैठकमा सो जानकारी गराएका हुन्।

उनले दार्चुलास्थित महाकाली नदीको नेपाल भारत सीमामा भारतले बनाउँदै गरेको सुरक्षा पर्खाल निर्माण गर्दा दुई देशको सीमालाई समेत छोएर या त्यसलाई मिचेर पर्खाल बनाएको भन्ने जानकारी संसद र सञ्चारमाध्यमा सार्वजनिक भएपछि सरकारले पुस २२ गते प्रमुख नापी अधिकृतको नेतृत्वमा परराष्ट्र मन्त्रालय, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र जिल्ला प्रशासन कार्यालय दार्चुलाका प्रतिनिधि सहभागी एक टोली बनाएर एउटा स्थलगत अध्ययन गरेको बताए।

त्यो अध्ययनबाट भारतीय पक्षबाट निर्माण भइरहेको सुरक्षा पर्खालसम्बन्धमा स्पष्टरुपमा नापजाँच गरी वास्तविकता पत्ता लगाउन उपयुक्त हुने सुझाव दिएअनुरुप नेपालले भारतसँग गम्भीरतापूर्वक कुराकानी गरेको मन्त्री ज्ञवालीले बताए।

‘बिभिन्न पत्राचारपछि यहि १२ अप्रिल अर्थात् चैत ३० गते नेपाल र भारत दुवै देशका नापी टोलीहरु त्यहि ठाउँमा गई स्थलगत अध्ययन गर्ने र त्यहाँ त्यो पर्खाल ठीक ढंगले बनेको छ कि छैन, अन्तर्राष्ट्रिय सीमासम्बन्धी नियम पालना गरिएको छ कि छैन भन्नेबारे तथ्य प्रमाणहरु खोज्नेछ,’ उनले संसदमा भने।

यो पनि : 
दिलेन्द्र बडूले संसदमा भने– दार्चुलामा भारतले नेपाली भूमि मिचिरहेको छ, सरकारले मौन सहमति दियो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .