खेल


मेयर महिला च्याम्पियनसिपमा ललितपुर ११ को पहिलो जित

मेयर महिला च्याम्पियनसिपमा ललितपुर ११ को पहिलो जित

नेपालखबर
चैत २२, २०७७ आइतबार १०:४८,

काठमाडौंमा जारी ललितपुर मेयर महिला च्याम्पियनसिप टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा ललितपुर मेयर्स ११ ले पहिलो जित दर्ता गरेको दिन लुम्बिनी प्रदेशले पहिलो हार व्यहोरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको खेलमा ललितपुरले लुम्बिनी प्रदेशमाथि २७ रनले जित दर्ता गरेको हो।

१ सय ४५ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेशले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय १७ रन मात्र जोड्न सक्यो।

लुम्बिनीका सरस्वती जिएम ४६ रनमा नटआउट रहिन्। कप्तान नेरी थापा २० रन जोड्दा रनआउट हुन पुगिन्। नितु भण्डारीले २० रन थपिन्। अन्य ४ ब्याट्स्वुमनले दोहोरो अंकको स्कोर छुन सकेनन्।

ललितपुरका सरस्वती कुमारी, आरती विडारी र शिला क्षत्रीले एक एक विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ४४ रनको योगफल तयार पारेको थियो।

ललितपुरका सुमन खतिवडा ७७ र अस्मिना कर्माचार्य २० रनमा नटआउट रहे। अनुराधा चौधरीले १० रन जोड्दा ४ ब्याट्सवुमनले दोहोरो अंकको स्कोर छुन सकेनन्।

लुम्बिनी प्रदेशका सुस्मिता भुषाल, सावाटिका वजगाई, कृतिका मर्सानी र सरस्वती पुनले एक एक विकेट लिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad