ad ad

राजनीति


जब सांसदले गृहमन्त्रीलाई भनेः निर्मला तपाईंकै परिवारको भैदिएको भए...

जब सांसदले गृहमन्त्रीलाई भनेः निर्मला तपाईंकै परिवारको भैदिएको भए...

नेपालखबर
साउन २८, २०७६ मंगलबार १३:५६,

सांसद देवेन्द्र राज कँडेलले निर्मला पन्त घटनाको बारेमा गृहन्त्री राम बहादुर थापाले दिएको अभिव्यक्ति प्रति आपत्ती जनाएका छन्।

मन्त्री थापाले ‘निर्मला प्रकरण हिजो पनि भएका थिए, आज पनि छ र भोली पनि केही समय रहन्छ’ भनेर घटनालाई हल्का रुपमा प्रस्तुत भएको भन्दै उनले मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले प्रश्न गरे, ‘के तपाईंको परिवारमा पनि निर्मला पन्त जस्तै घटना भएको भए त्यही अभिव्यक्ति हुने थियो?

निर्मला पन्त प्रकरणलाई २०३८ सालमा पोखरामा भएको नमिता–सुनिता प्रकरणसँग तुलना गर्दै कांग्रेस सांसद कँडेलले बिगतमा श्रीपेचको आडमा र अहिले विना श्रीपेचका सिंहदरबारका जनप्रतिनिधिबाट घटना भएको दाबी गरे।

कँडेलको अभिव्यक्तिमा नेकपाका सचेतक शान्ता चौधरीले नियमापत्ति गरिन्। त्यसपछि नेपाली कांग्रेसका मीन विश्वकर्माले सांसद बोलिरहेको अवस्थामा उठेर बोल्ने कुन नियममा छ? भन्दै दोहोरो बाजाबाज गराउन नपाईने भन्दै सभामुखको ध्यानाकर्षण गराएका थिए।

सांसदहरुको दोहोरी सुनेपछि सभामुख कृष्णबहादुर महराले सांसद कँडेलको भनाईप्रति ध्यानाकर्षण भएको र आवश्यक निर्णय पछि गर्ने बताए।

केही दिन अघि गृहमन्त्री थापाले समाजमा अपराध पुर्ण रुपमा निर्मुल गर्न नसकिने भन्दै निर्मला पन्त जस्ता प्रकरण ‘हिजो पनि थिए, आज पनि छ र भोली पनि केही समयसम्म रहिरहन्छ’ भन्ने अभिव्यक्ति दिएका थिए। गृहमन्त्रीको सो अभिव्यक्तिविरुद्ध विपक्षी दलले आपत्ति जनाउँदै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .