राजनीति


प्रधानमन्त्रीले सोधे : प्रतिगमन भनेको के हो? डा. भट्टराईले भने : यो हो

प्रधानमन्त्रीले सोधे : प्रतिगमन भनेको के हो? डा. भट्टराईले भने : यो हो

नेपालखबर
चैत २२, २०७७ आइतबार ०:३८,

भाषणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगमन के हो, कहाँ भयो भनेर प्रश्न गरेपछि जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईले त्यसको परिभाषा दिएका छन्। 

पूर्वप्रधानमन्त्रीसमेत रहेका डाक्टर भट्टराईले प्रधानमन्त्री ओलीलाई मेन्सन गर्दै सामाजिक सञ्जालमार्फत प्रतिगमन के के हुन् भनेर ६ बुँदामा उल्लेख गरेका हुन्।

डा. भट्टराईले शनिबार राति ट्विट गर्दै भनेका छन्, ‘अहिलेको समयमा प्रतिगमनको परिभाषा यो हो केपी शर्मा ओली महोदय : १. संसद् विघटन गर्नु/पुनर्स्थापित संसद् चल्न नदिनु, २. संवैधानिक अंग कब्जा गर्नु/राज्यका सबै अंग सेटिङमा चलाउनु, ३. संघीयता अपांग बनाउनु, ४. टीआरसी, मधेस/थारू विद्रोहका मुद्दा हल नगर्नु, ५. भ्रष्टाचारको पहाड बनाउनु, ६. अर्थतन्त्र शून्य इत्यादि।’

यस भिडिओमा प्रधानमन्त्रीले सोधेका छन् : कहाँ भयो प्रतिगमन, प्रतिगमन भन्या के हो?

babut12

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad