गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा शनिबार साँझ जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य सात जना घाइते भएका छन्।
सुलिकोट ४ को राङरुङमा शनिबार साँझ ६ बजे ना ५ च ३२९८ नम्बरको बोलेरो जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनामा ज्यान गुमाएकाहरुको परिचय खुल्न सकेको छैन। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ।
बारपाकमा भ्रमण गरेर फर्केका लमजुङका यात्रु चढेको जीप सडकबाट पाँच सय मिटर तल खसेर दुर्घटना भएको गोरखाका डीएसपी प्रकाश दाहालले जानकारी दिए।

प्रतिक्रिया