राजनीति


बाबुराम भट्टराईलाई विश्वप्रकाश शर्माको सुझाव : कांग्रेसले जस्तै प्रस्ट निर्णय गर्ने क्षमता देखाउनोस्

बाबुराम भट्टराईलाई विश्वप्रकाश शर्माको सुझाव : कांग्रेसले जस्तै प्रस्ट निर्णय गर्ने क्षमता देखाउनोस्

नेपालखबर
चैत २१, २०७७ शनिबार १२:१७,

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईलाई नयाँ सरकार गठन सम्बन्धमा आफ्नो पार्टीले जस्तै प्रस्ट निर्णय गर्न सुझाव दिएका छन्।

प्रधानमन्त्री ओलीको राजीनामा माग्ने र नयाँ सरकार गठनको अगुवाइ गर्ने निर्णय गरेकामा डा. भट्टराईले आजै (शनिबार) बिहान सामाजिक सञ्जालमार्फत कांग्रेसले प्रतिपक्षको धर्म निर्वाह गर्ने संकेत देखाएको भन्दै प्रशंसा गरेका थिए।

त्यसैको जवाफमा कांग्रेस प्रवक्ता शर्माले पनि सामाजिक सञ्जालबाटै संकेत मात्र होइन, आफ्नो पार्टीले प्रस्ट निर्णय गरेको बताउँदै बरु जसपामा पनि यस्तै निर्णय गर्ने क्षमता देखाउन डा. भट्टराईलाई सुझाव दिएका हुन्।

‘संकेत होइन श्रद्धेय डा. बाबुराम भट्टराईज्यू, प्रस्ट निर्णय गरेका छौं, कांग्रेसको प्रशंसा गर्नुभयो, धन्यवाद छ,’ शर्माले भनेका छन्, ‘अब कांग्रेसले जस्तै एकताबद्ध र प्रस्ट निर्णय जसपामा गर्ने क्षमता प्रस्तुत गर्नोस्, तब बन्नेछ नयाँ समीकरण !’

साथै शर्माले डाक्टर भट्टराईलाई व्यंग्य गर्दै लेखेका छन्, ‘ट्विटर मन्थन केही दिनलाई यतिमै छाडेर आन्तरिक अभ्यासमा लाग्ने कि कमरेड?’

यो पनि : डा. भट्टराईले गरे कांग्रेसको निर्णयको स्वागत

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad