ad ad

राजनीति


राष्ट्रपतिले आज मेलम्ची पानीको औपचारिक उद्घाटन गर्ने, प्रधानमन्त्री पनि सहभागी हुने

राष्ट्रपतिले आज मेलम्ची पानीको औपचारिक उद्घाटन गर्ने, प्रधानमन्त्री पनि सहभागी हुने

नेपालखबर
चैत २०, २०७७ शुक्रबार ३:८,

काठमाडौं उपत्यकामा पानी वितरण सुरु भएको एक सातापछि आज (शुक्रबार) मेलम्ची पानीको औपचारिक उद्घाटन हुँदैछ।

भृकुटीमण्डपमा बनाइएको धाराको टुटी खोलेर आज दिउँसो २ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची पानीको औपचारिक उद्घाटन गर्न लागेकी हुन्।

मेलम्चीको पानी उद्घाटन गर्ने कार्यक्रममा प्रधामन्त्री केपी शर्मा ओलीको पनि उपस्थिति रहने आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ।

चैत १५ गतेदेखि नै काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण भइरहेको छ। यसअघि चैत २३ गते मेलम्चीको पानी उद्घाटन गर्ने कार्यक्रम राखिएको थियो। तर, पानी वितरण भइसकेपछि ढिला गर्न नहुने निष्कर्षसहित आजका लागि उद्घाटन कार्यक्रम राखिएको आयोजना प्रमुख कमलराज श्रेष्ठले जानकारी दिए।

काठमाडौंको महाङ्काल, मीनभवन, खुमलटार, बालाजु लगायतका ठाउँमा मेलम्चीको पानी वितरण भैसकेको छ। आज दिउँसो नयाँबजार, सोह्रखुट्टेलगायतका क्षेत्रमा पनि मेलम्चीको पानी वितरण हुने लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .