ad ad

राजनीति


एमाले विवाद : माधव नेपाल पक्षको स्थायी कमिटी बैठक बस्दै

एमाले विवाद : माधव नेपाल पक्षको स्थायी कमिटी बैठक बस्दै

नेपालखबर
चैत २०, २०७७ शुक्रबार २:११,

अध्यक्ष केपी शर्मा ओलीसँग असन्तुष्ट भई छुट्टै कमिटी बनाउन देशव्यापी अभियान सञ्चालन गर्ने उद्घोष गरेको नेकपा एमालेको माधव नेपाल–झलनाथ खनाल पक्षले आज स्थायी कमिटी बैठक राख्दै छ।

एक नेताका अनुसार बैठक अहिले बिहान ११ बजे कलंकीस्थित मेघा पार्टी प्यालेसमा बस्नेछ।

‘बिहान ११ बजे स्थायी समितिको अनौपचारिक बैठक बस्न लागेको हो,’ ती नेताले नेपालखबरसँग भने।

प्रधानमन्त्रीसमेत रहेका पार्टीका अध्यक्ष केपी शर्मा ओलीले एकपछि अर्को गर्दै आफ्ना पक्षका नेतालाई धमाधम कारबाही गर्न थालेपछि रणनीति बनाउन नेपाल पक्षले आफूनिकट स्थायी कमिटी सदस्यहरूको बैठक गर्न लागेको हो।

पार्टीको नाम विवादसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले गत फागुन २३ गते ऋषि कट्टेलको नेकपा वैधानिक, एमाले–माओवादी केन्द्र मिलेर पछि बनेको नेकपा अवैधानिक भएको फैसला गरेपछि ब्युँतिएको एमालेमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच तीव्र टक्कर परिरहेको छ।

अदालतको फैसला आएको एक हप्ता पनि नबित्दै ओलीले फागुन २८ गते आफूपक्षीय केन्द्रीय कमिटीको बैठक राखी माधव नेपाल र झलनाख खनाल पक्षका पद र जिम्मेवारी मात्र खोसेनन् गृहमन्त्री रामबहादुर थापासहित माओवादी केन्द्रका २३ नेतालाई एमालेको केन्द्रीय सदस्यसमेत बनाए।

जसका कारण रुष्ट बनेको नेपाल–खनाल पक्षले राष्ट्रिय कार्यकर्ता भेलालगायत छुट्टै गतिविधि गरिरहेको छ, समानान्तर कमिटी बनाइरहेको छ। यही आरोपमा ओलीले नेपाल पक्षका नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई ६ महिनाका लागि भन्दै पार्टीको साधारण सदस्यतबाट समेत निलम्बन गरिसकेका छन्। एमाले लगभग फुट्ने संघारमा पुगिसकेको छ।

माधवकुमार नेपाल र भीम रावलपछि हिजो (बिहीबार) मात्र अध्यक्ष ओलीले सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पनि ६ महिनाका लागि भन्दै पार्टीको साधारण सदस्यताबाट समेत निलम्बन गरेपछि नेपाल पक्षले देशव्यापी समानान्तर कमिटी गठन गर्ने घोषणा गरिसकेको छ। यसबीच उसले अखिल नेपाल महिला संघ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, युवा संघ नेपाललगायत भ्रातृ संगठनको त अलग्गै कमिटी बनाइसेकेको छ।

आजको बैठकमा देशव्यापी अभियानका लागि के कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गरिने नेपाल पक्षका एमाले नेताले बताएका छन्।

यी पनि : 

केपी ओलीतिर जाँदैनौँ, नयाँ कमिटी घोषणा गरेर अगाडि बढ्छौँ : नेपाल

गण्डकी प्रदेशका ९ जिल्लामा माधव नेपाल पक्षले बनायो छुट्टै कमिटी, कुन जिम्मेवारीमा को?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .