नेकपा–एमालेका सचिव योगेश भट्टराईले पार्टीका उपमहासचिव घनश्याम भुसाल र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेलाई पार्टीबाट निलम्बन गरेपछि त्यसलाई भद्दा मजाक भनी टिप्पणी गरेका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको असन्तुष्ट समूहका वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष भीम रावललाई यसअघि नै ६ महिना निलम्बन गरेको घोषणा गरेका थिए।
ढिलो गरी स्पष्टीकरण बुझाएका भुसाल र पाण्डेलाई पनि निलम्बन गरिएको बिहीबार सार्वजनिक गरिएपछि भट्टराईले सो प्रतिक्रिया दिएका हुन्।
‘ॠषिमुनी र वुद्धको ज्ञानभूमि अनि मार्क्सवादको उर्वरभूमि नेपालमा आजकाल विद्वान, ईमान्दार र नैतिकवानहरुमाथि कार्वाही हुन्छ। मुर्ख, भ्रस्ट र अनैतिकहरु पुरस्कृत हुन्छन,’ भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कमरेड धनश्याम र सुरेन्द्रजी माथि त्यस्तै भद्दा मजाक गरिएको छ।’
यो पनि :
- घनश्याम भुसाल र सुरेन्द्र पाण्डे पनि ६ महिनाका लागि एमालेबाट निलम्बित (पत्रसहित)
- नेपाल र रावल ६ महिना निलम्बित, भुसाल र पाण्डेलाई पुनः स्पष्टीकरण (पत्रसहित)

प्रतिक्रिया