राजनीति


सत्ताभोगको अतृप्त तृष्णाले ओलीलाई ‘म’ र ‘मेरो’ बाहेक केही नदेख्ने बनाएको छः घनश्याम भुसाल

सत्ताभोगको अतृप्त तृष्णाले ओलीलाई ‘म’ र ‘मेरो’ बाहेक केही नदेख्ने बनाएको छः घनश्याम भुसाल

नेपालखबर
चैत १९, २०७७ बिहिबार ८:४४,

पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूलाई नेकपा–एमालेबाट ६ महिनाका लागि निलम्बन गर्ने कारबाही सुनाएपछि एमाले उपमहासचिव घनश्याम भुसालले त्यसबारे तत्काल प्रतिक्रिया जनाएका छन्।

‘असीमित सत्ताभोगको अतृप्त तृष्णाले कमरेड ओलीलाई ‘म’ र ‘मेरो’ बाहेक केहि नदेख्ने बनाएको छ, ‘म बस्न नपाउने कुर्ची भाँचीदिन्छु’, यो उनी आफैले कबुल गरेको जीवन दर्शन हो,’ भुसालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘एउटा धरै राम्रो पार्टीलाई उनले गुटमा बदलेका थिए, अहिले त्यो गुट राज्य दोहनमा लागेको गिरोहमा परिणत भएको छ।’

भुसालले ओलीको व्यक्तिवादी, अवसरवादी, दक्षिणपन्थी तथा विसर्जनवादी ताण्डवलाई पराजित गरेर लोकतन्त्र र वामपन्थको ऋण तिर्ने दाबी गरेका छन्।

‘मेरो पार्टीको अध्यक्ष भएर उनले गरेका बर्बादिका लागि मैले दुनियाँसँग माफी माग्छु,’ उनले भनेका छन्।

ओलीले आज बिहीबार एक पत्र पठाई भुसाल र पार्टीका स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेलाई एमाले सदस्यबाट ६ महिनाका लागि निलम्बन गरेको जानकारी दिएका छन्।

यो पनि :

घनश्याम भुसाल र सुरेन्द्र पाण्डे पनि ६ महिनाका लागि एमालेबाट निलम्बित (पत्रसहित)

ओलीलाई पाण्डेको चुनौतीः त्यो मेसेजबारे जाँचबुझ कार्यदल गठन गरौँ र नेपाल टेलिकमसँग तथ्यहरु मागौँ (पूर्णपाठ)

केपी ओलीलाई घनश्याम भुसालको ११ पृष्ठको प्रतिप्रश्न : कसका लागि एमाले विभाजन गर्दै हुनुहुन्छ (पूर्णपाठ)

- नेपाल र रावल ६ महिना निलम्बित, भुसाल र पाण्डेलाई पुनः स्पष्टीकरण (पत्रसहित)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad